काठमाडौं । सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।
उनले भने, ‘अब यो नियमित विधेयकको रूपमा अघि बढ्छ, विधेयक अघि सार्दा अरू सत्तारुढ अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको छ। यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो ।
वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी ९लोसपा० अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।