काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रचण्ड सरकार परिवर्तन भएसँगै दुई कित्तामा बिभाजीत भएर एक अर्काको खोईरो खन्ने अभियानमै जुटेका तिन दलका तिन शिर्ष नेता राजावादीको चहलपहल बढ्न थालेसँगै एकैस्थानमा आउन लागेका हुन् ।
अघिल्लो सरकार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको हटाएर दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर नयाँ सरकार बनाएपछि बिग्रिएको सम्बन्ध सुधारका लागि आजको भेटघाट एक कडी पनि बन्नेछ । नेकपा ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक आज बस्न लागेको हो ।
बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरु सक्रिय भएपछि तीन दलका शीर्ष नेताहरु पहिलो पटक छलफल गर्न लागेका हुन् । यसरी तिन शिर्ष नेता छलफलमा जुट्न लाग्नुलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरीएको छ ।