काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आफुलाई धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने हिजोमात्रै रुपन्देहीबाट हिजोमात्रै काठमाडौं आएका हुन् । रुपन्देहीको मुद्दामा पनि उनी धरौटी घटाउन माग गर्दै पूनरावेदनमा गएका थिए । तर, हिजो मुद्दा हेर्न नमिल्नेमा परेपछि उनी काठमाडौं फर्किएका हुन् । काठमाडौं फर्किएको भोलिपल्टै आज उनी उच्च अदालत पाटन पुगेका हुन् ।