काठमाण्डौ. । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । कांग्रेस कोषाध्यक्ष एवं पूर्वराज्यमन्त्री श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो ।
लीलादेवीको उपचारका क्रममा शुक्रबार राति काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई शनिबार दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । लीलादेवीको निधनप्रति कांग्रेसले दुुस्ख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले लीलादेवीको निधनप्रति दुस्ख व्यक्त गर्दै कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको बताएका छन् । सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्र गरेका छन् ।