काठमाण्डौं । माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तय भएको छ । सो कार्यतालिका अनुसार माघ महिनाभित्र ७ वटा संसद बैठक बस्नेछन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमवार सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।
तय भएको कार्यतालिका अनुसार माघ १८ गतेबाट सुरु हुने बैठक ३० माघसम्म ७ दिन बस्ने भएको छ । पहिलो बैठक १८ गते बसेपछि २२ गते अर्को बैठक बस्नेछ । सो बैठकमा हालै सरकारले ल्याएका ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ । माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ नेकपा ९एमाले० का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिए। उनका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
ुसंसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि विपक्षी दलका नेतासहित सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रारम्भिक कार्यसूची तय गरिएको छु, मुख्य सचेतक बर्तौलाले भने। माघ महिनाभरको संसद्को बैठकको कार्यतालिका तयार भएको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।
त्यसपछिका बैठकमा संसद्मा पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकले तयार गरेको कार्यतालिका मङ्गलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अनुमोदन गर्नेछ । मुख्य सचेतक बर्तौलाले आगामी अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण विधेयक एवं थाती रहेका कानुन पारित गर्नेगरी सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच समझदारी भएको जानकारी दिए। उ
नले संसद्को प्रभावकारिता बढाउँदै रचनात्मक र क्रियाशील बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। बैठकमा नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक निशा डाँगी पनि सहभागी थिए । सत्तापक्षले ल्याएका अध्यादेशहरु पेश गर्ने भने पनि प्रतिपक्ष दलहरुले भने अध्यादेशको बिरोध गर्दै आईरहेका छन् ।