वीरगञ्ज । जनता समाजवादी पार्टीको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठक सङ्घीय परिषद् भेला गर्ने निर्णय गर्दै सकिएको छ । बैठकले परिषद् भेला गर्नेसहित बिभिन्न चार वटा निर्णय गरेको जसपाले जनाएको छ । परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने सो पार्टीले जनाएको छ । ‘
पार्टीको सङ्घीय परिषद् भेला आगामी चैत महिनामा काठमाडौँमा गर्ने निर्णय भए पनि मिति र स्थानभने पछि तय गरिनेछ । त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरेको छ । संविधान संशोधन, कार्यगत एकता लगायतका विषयमा पनि बैठकमा छलफल भएको जसपा सह अध्यक्ष रेणुकुमारी यादवले ट्रान्सपरेन्ट खवरलाई जानकारी दिइैन् ।
उनले भनिन् हामीले संघीय परिषद्को भेला आयोजना हुनुभन्दा अगावै बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने प्रश्ताव समेत पारित गरेका छौं, ‘साथै समसामयिक राजनीति र संविधान संशोधनका एजेण्डाहरुमा चर्चा र परिचर्चा समेत भएको छ ।
मुख्यतः साना दलहरु एकीकृत रुपमा मिलेर अघि बढ्ने जुन विषय छ । यस विषयमा समेत छलफल भएको छ । बैठकमा मधेसवादी दलहरू एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको यादवले बताईन् ।