काठमाण्डौं । सशस्त्र प्रहरी बल, नेपालले २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा ‘लागूऔषध, सीमा सुरक्षा र युवा’ मा आधारित ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रीत भई सप्ताहव्यापी रुपमा देशभर ३ सय ६१ वटा कार्यक्रम संचालन गरेको छ ।
यसैगरी सीमा क्षेत्रमा लागूऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानूनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ आधारवाक्य लेखिएको २ सय १३ वटा होर्डिङ बोर्ड राखिएको छ ।
यस कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी २ सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ, जसमा १२ हजार ३ सय ६८ जना सहभागी भएका छन्, उपयुक्त स्थानको पहिचान गरी लागूऔषध दुव्र्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागूऔषध, सीमा÷सुरक्षा र युवा’ मा केन्द्रीत भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता संचालन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ ।
यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागूऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक सम्पन्न भएको छ भने उल्लेखित बिषयमा केन्द्रीत रहि बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ.एम.मा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम संचालन भएको छ ।सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले जिम्मेवारी क्षेत्रमा भएका लागूऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्ने कार्य समेत गरिएको छ ।
यसैगरी ‘शिघ्र प्रभाव आयोजना’ अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिबृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तिकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर ४ सय ७३ वटा कार्यक्रम संचालन गरेको छ ।
जसमा समुदाय विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत १ सय २९ वटा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै निर्माण अन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतिक्षालय, ७ वटा सार्वजनिक शौचालय र १८ वटा खानोपानीको धारा निर्माण गरिएको छ ।
यसैगरी स्वास्थ्य अन्तर्गत १० स्थानमा स्वास्थय शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियान अन्तर्गत १ सय ९८ स्थानमा सरसफाई र ३४ स्थानमा बृक्षरोपण तथा महिला सशक्तिकरण अभियान अन्तर्गत ११ वटा आत्मराक्षा तालिम संचालन गर्नुको साथै कल्याणकारी कार्यक्रम अन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामाग्री समेत बितरण गरिएको छ । यस कार्यक्रमले संगठनको कामकारवाहीको बारेमा प्रत्यक्ष रुपमा जनस्तरसम्म सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।