काठमाण्डौं । धरानको खानेपानी समस्यालाई सरकारले नजर अन्दाज गरेको भन्दै काठमाण्डौ आईपुगेका धरान धरान उमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरवार प्रबेश गरेका छन् । खानेपानी समस्याको समाधान खोज्न रित्तो गाग्री सहित खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री ओलीलाई भेट्ने योजना बनाएका मेयर साम्पाङसँगको रित्तो गाग्री भने प्रहरीले लगेको छ ।
मंगलवार बिहान ११ बजेपछि उनी खानेपानी मन्त्रालयमा छिरेका हुन् । मन्त्रालय छिर्नुअघि उनले धरानका धारामा खानेपानी आउनु पर्ने सामान्य माग लिएर आफू काठमाडौं आएको बताए । मेयर राईले मंगलबार बिहान गाग्रीसहित खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने बताएका थिए । रित्तो गाग्री लिएर साम्पाङ सिंहदरबार पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
खानेपानीको मुद्दालाई लिएर चुनाव जितेका साम्पाङले धरानमा जन श्रमदानबाट खानेपानीको वैकल्पिक व्यवस्था गरेका छन् । तर, त्यो पर्याप्त भने छैन । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।