काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । आज त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए ।
उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।
साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् । आफू स्वतन्त्र निर्वाचित जनप्रतिनिधि भएकाले धरानलाई संघीय सरकारले हेपेको साङ्पाङले बताए । यसभन्दा अगाडि मन्त्रीहरुले धरानको खानेपानी समस्या समाधानका लागि बजेट हालिदिन्छु भनेर धेरै पटक आश्वासनमात्रै दिएको उनले बताए ।