काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । आज जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किए । रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे उनि थुनामुक्त भएका हुन् ।
यस अघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर ८४ दिन पछि गत बिहिबार साँझ पोखराबाट रिहा भएका थिए । स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको पाइएको छ । अदालतले उक्त मुद्दामा लामिछाने अहिले नै कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएको भन्दै धरौटी माग गरेको थियो । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो ।
योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।उ नी अदालतबाट निस्किँदा कार्यकर्ताहरुले खुशी मनाएका थिए ।