कैलाली । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ। धनगढीस्थित फाप्ला खेल मैदानमा बुधबार एपिएफले गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकाल्यो। अघिल्लो दिन एपिएफले कर्णालीलाई १११ रनले हराएको थियो। यो एपीएफको दोस्रो जित हो ।
उद्घाटन खेलमा पिएफले कर्णालीलाई हराएको थियो । आज भएको दोस्रो दिनको खेलमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९।३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। एपिएफकी कप्तान इन्दू बर्माले २६ रन र रोमा थापा १४ रनमा नटआउट रहे। त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए।
हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो। उसका लागि ओपनर तथा कप्तान सिर्जना पौडेलले रनआउट हुनुअघि २५ रन बनाइन्। बलिङमा एपिएफकी बिनु बुढाले २ विकेट लिइन् भने करुणा भण्डारीले १ विकेट आफ्नो नाममा लेखाइन् ।