काठमाण्डौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल बनिरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए । उनीहरूको दबाबबीच प्रहरीले पक्राउ गरेको हो ।
आशिकाले आफूलाई समाज सुधारक भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेकी थिइन् । आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब परेको थियो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको बताईएको छ ।