काठमाडौं । एमालेबाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री डा, भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइँ कमजोर नहुने बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढङ्गले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् ।
नेकपा ९एमाले० बाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावल पुग्दा भने चियापान समारोहको दृष्य फरक देखिएको थियो । रावललाई राप्रपाका नेताहरुले न्यानो स्वागत गरेका थिए । आफूलाई धेरै महत्व दिइएकोमा रावल स्वयं पनि प्रफुल्ल देखिएका थिए ।
रावललाई राप्रपाका अध्यक्षदेखि सबै नेताहरुले सँगै राखेर फोटो समेत खिचाएका थिए ।रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित बिपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।