काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । साथै राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन नहुने स्पष्ट पारे ।