काठमाडौं । अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली देशका प्रधानमन्धी छन् । ओली प्रधानमन्त्री भएसँगै कहिले के बोलेर त कहिले के निर्णय गरेर बिवाद र चर्चामा आई नै रहन्छन् । आफ्ना नजिककालाई काँखी च्याप्ने र बिरोधीलाई सिध्याउन राजनीतिमा ओली हमावी छन् र माहिर छन् भन्दा फरक नपर्ला । त्यती मात्रै होईन हसाउने र ठट्यौली कलामा पनि ओली निपूर्ण छन् ।
धरहराको टूप्पोवाट दृष्यावलोकन गर्ने, दमकको भ्यू टावर चढ्ने देखि अनेक भाउभंगीमा सामाजिक सञ्जाल रंग्याउन पनि ओलीको सचिवालयले राम्रै मिहेनत गरेको देखिन्छ ।यसैले त कहिले केपी बा आईलभयूको नारा कुन्जिन्छ भने भने कहिले केपी ओली मुर्दावादको नारा । तर ओली यसैमा रमाईरहेका छन् ।
सोही क्रममा बिहिवार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ‘स्ववियु निर्वाचनको सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला–२०८१’ कार्यक्रममा सरिक भएका थिए। प्रधानमन्त्री ओली त्यस कार्यक्रमका प्रमुख अतिथि नै थिए । ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुलाई अब समून्द्रपारिसम्म पुर्याउन सबैलाई निर्देशन दिए ।
कार्यक्रममा सम्बोधन सकेपछि हौसीएका प्रधानमन्त्री ओलीले विद्यार्थीहरुसँग सेल्फी खिच्दै रमाईलो गरे । उनले अनेरनास्ववियूका बिद्यार्थी नेताहरुसँग मजाले रमाईलो मानी मानी सेल्फी खिचेका थिए । ( फोटोहरु एमाले युवा नेता एैन महरको फेसबुकवाट लिईएको हो । )