काठमाडौं । नेपालमा समलिङ्गी विवाहलाई मान्यता दिनु सामाजिक, सांस्कृतिक एकतालाई भत्काउने विदेशीको षड्यन्त्र भएको सरोकारवालाहरुले बताएका छन् ।
बुधबार काठमाडौंको संवाद डबलीमा ‘नागरिक सरोकार नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले सर्बोच्च अदालत विदेशीको प्रभावमा परेर समलिङ्गी विवाहलाई मान्यता दिएको आरोपसमेत लगाए ।
बक्ताहरले नवनिर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी सम्बन्धको विरोधी भएको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विवाह गरे मृत्युदण्ड दिँदासमेत नेपालमा किन भन्ने प्रश्न पनि गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा.केबी रोकायाले नेपालमा सर्बोच्च अदालतको एकल इजलासले दिएको अन्तरिम आदेशकै भरमा समलिङ्गी विवाह दर्ता हुनु दूर्भाग्य भएको बताए । रोकायाले देशलालाई दीर्घकालीन् असर पार्ने मुद्धामा सर्बोच्चको एकल इजलासको आदेशमाथि आसंका गर्ने ठाउँ भएको बताउँदै भने,“जिल्ला र उच्चले कानुन नभएको भन्दै इन्कार गरेको विषयमा सरकारलाई कुन शक्तिले त्यसलाई कार्यान्वयन गर्न विवष पार्यो ?”
“रुसमा समलिङ्गी विवाह गरिए मृत्यूदण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह बिरोधी कानुन पास गरेपछि अमेरिकाले आर्थिक नाकाबन्दी लगायो, यूरोपियन यूनियनले सम्पूर्ण सयहयोग र बिश्व बैंकले ऋण बन्द गरे, अब भन्नुस यो एजेण्डा कसको हो” रोकायाले भने । उनले नेपालमा विदेशीहरुले जबर्जजस्त लादेको बताउँदै संसारमा २१० वटा राष्ट्रहरुमध्ये ३५ वटा देशहरुमा मात्रै यस किसिमको विवाहलाई मान्यता दिइएको र नेपाल एसियामै पहिलो राष्ट्र भएकोप्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।
समाजसेवी डा.सुन्दर थापाले नेपाललाई कमजोर बनाउन विदेशीले लादेको एजेण्डालाई कानुनी मान्यता दिनबाट रोक्न ब्यापक जनदबाब रहेको बताए । थापाले आफूहरु समलिङ्गी नागरिकहरुप्रति नकारात्मक नभएको तर प्राकृतिक, सामाजिक, संस्कृतिक, धार्मीक र मौलिकतालाई विखण्डन गर्ने योजनामा आएको विदेशी षड्यन्त्रको विरोधमा रहेको स्पष्ट पारे ।
नेकपा (एमाले)का युवा नेता प्रकाश रोकायाले सदियौंदेखि नेपाल र नेपालीबीच भाँजो हालेर देशलाई विखण्डन तथा कमजोर गर्ने योजना सफल नभएपछि अहिले समलिङ्गी सम्बन्धको षड्यन्त्रकारी विदेशी योजना भएको आरोप लगाए । उनले नेपालका मुख्य राजनीतिक दलहरुको यस सम्बन्धमा आधिकारिक धारणा आउनुपर्ने मागसमेत राखे ।
आयोजक नागरिक सरोकार नेपालका कार्यकारी निदेर्शक डा.जोमेश वडले नेपालमा पछिल्लो समय समलिङ्गी विवाह, भू्रण हत्या तथा लिङ्ग परिवर्तन जस्ता भयावह विकृतिहरु मौलाएकोमा चिन्ता व्यक्त गरे । वडले वर्षेनी ९० हजार भू्रण हत्या हुने गरेको बताउँदै भने,“भ्रुण हत्या छाँदैछ अब लिङ्ग परिवर्तन अनि समलिङ्गी विवाहले नेपालको जनसंख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डालाई कुनै पनि हालतमा खारेज गर्नु पर्छ ।”
नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले नेपालको मौलिकता मासेर विदेशी एजेण्डालाई आङ्गाल्नेहरुलाई पहिचान गरेर सार्वजनिक गर्नुपर्ने बताए । अधिकारीले देशमा आवश्यक र जनपक्षिय कामभन्दा विदशीहरुको योजनाको भण्डाफोर गर्नु पर्ने धारणा राखे ।
थप समाचार
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक: जनक राज पण्डित
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क