काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ। बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा भएको सुनुवाईपछि अदालतले अन्तरिम आदेश दिन नमानेको हो।
कार्कीले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफलका लागि पेसी तोकिए पनि विपक्षीमध्येका हालका आइजिपी डा. मनोजकुमार केसीका नाममा जारी म्याद तामेल हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन। आज बुधबारका लागि तोकिएको सुनुवाईमा सरकारी वकिल र कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए।
