काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।
