काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपश्चात् राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा ( २ ) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
