काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी आज ( शुक्रबार ) बिहान मस्को प्रस्थान गरेका हुन्।
प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्। उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
