काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको उल्लेख गरेका छन् ।
उनले लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन् । थापाले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस् भन्ने कामना गर्दै म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भनेका छन् ।
सांस्कृतिक विविधता र एकताको भावनालाई बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।
