काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा ुडग शोु गरेको छ । आइतबार मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजासँगै प्रदर्शनी गरिएको हो । सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै आएको छ ।
मान्छेमा भन्दा कुकुरमा सुघ्ने क्षमता १० हजारदेखि १ लाख बढी हुने हुनाले कुकुरले टाढाको शंकास्पदहरुको पहिचान गर्न सक्छ । त्यसैले यो अपराध अनुसन्धानमा उपयोगी रहँदै आएको छ ।
सेनाले निष्ठा, इमानदारिता र बफादारिताको प्रतीक मानेर हरेक वर्ष कुकुर तिहारमा कुकुरको पूजा गर्दै आइरहेको छ ।
