काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट उनीहरू नाम अनुमोदन गरिएको हो ।
सर्वोच्चको न्यायाधीशमा नियुक्तिका निम्ति समितिबाट नाम अनुमोदन गरिएकाहरूमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् । समितिमा शुक्रबार ( कात्तिक २० ) बागचन्द र सारूको सुनुवाइ गरिएको थियो ।
शनिबार पाण्डे र डाँगीको सुनुवाइपछि उनीहरूको नाम अनुमोदन गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । संसदीय समितिमा सुनुवाइ र त्यहाँबाट अनुमोदनपश्चात् उनीहरूलाई नियुक्त गरिने संवैधानिक व्यवस्था छ ।
