काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार नेकपाले भोलिदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको भोलि काठमाडौंमा उद्घाटन हुने नेकपाले जनाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा अभियानको उद्घाटन गर्ने तय भएको छ ।
नेकपाले जागरण अभियान समापनपछि पुस ११ गते देशभरका सम्पूर्ण वडास्तरका अधिवेशन र माघ १५ गते पालिकाहरूमा एकै दिन पालिकास्तरीय अधिवेशन गर्ने तयारीसमेत गरेको छ । स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने उक्त पार्टीका नेताहरूले बताउँदै आएका छन् । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बनेपछि तदर्थ कमिटीको भरमा पार्टी सञ्चालन हुँदै आएको छ ।
