काठमाडौँ । नेपाल क्रिकेट संघ ( क्यान ) ले नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो संस्करणका खेलहरूका लागि टिकट मूल्य निर्धारण गरेको छ।
बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ। प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ। त्यस्तै एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार निर्धारण गरिएको छ।
क्यानले एनपीएलका सम्पूर्ण टिकटहरू बिहीबार बेलुकी ८ बजेदेखि डिजिटल वालेट ुईसेवाु मार्फत अनलाइन खरिद गर्न सकिने जानकारी समेत दिएको छ। प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
