काठमाण्डौं । आज बडादसैँको मुख्य दिन विजयादशमी, टीका र जमरा लगाएर आशीर्वाद लिने र रमाउने क्रम जारी छ।
यस क्रममा आम नेपाली नागरीकहरूले पनि विजयादशमी हर्षोल्लासपूर्वक मनाएका छन्।
कसैले काठमाडौँमै परिवारसँग टीका लगाए भने कोही गृहजिल्ला पुगेर दसैँ मनाएका छन्।
विदेशमा रहेकाले भने नेपालमा रहेका आफन्तबाट भर्चुअल रूपमा टीका लगाएर भए पनि खुसी साटेका छन्।
मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिएका कलाकारहरूले दसैँको खुसीमय पल सामाजिक सञ्जालमा सेयर गरेका छन्।
देश तथा बिदेशमा समेत हर्षोलासपूर्वक टिका जमरा ग्रहण गरी बिजयादशमी मनाईयो ।
बिजया दशमीको मुख्यदिन आज भएपनि कोताग्रत पूर्णिमासम्म टिका तथा जमरा ग्रहण गनेृ प्रचलन रहेको छ ।

