काठमाडौँ । बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निशुल्क बस सञ्चालन गरेको छ।
रूट नम्बर १ – यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर २ – यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर ३ – यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनस् नक्सालमा फर्किनेछ।
निःशुल्क बस सेवाले विशेष गरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।निस्शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६। ०० बजेबाट तीन वटै रूटमा सञ्चालन भएका छन्। यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८। ०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५। ३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ।
