काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ( एनपिएल ) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम ९डिआरएस० प्रयोग हुने भएको छ। एनपिएलको फेसबुक पेजमार्फत मंगलबार डिआरएस प्रयोग गर्न लागेको सार्वजनिक गरेको हो। यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने दिशामा नयाँ उपलब्धि थपिएको छ।
डीआरएस प्रविधिको सहायताले खेलका क्रममा अम्पायरले गरेका केही निर्णयमाथि पुनरावलोकन गर्न सकिन्छ। यसले खेलाडी तथा टोलीलाई अम्पायरको निर्णयमा चित्त नबुझे समीक्षा माग गर्ने अवसर दिन्छ।
एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगितामा डीआरएसको प्रयोगले खेलको निष्पक्षता र निर्णयको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
