काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेका परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।
त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। उनीहरूले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेका जनाइएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ।
