काठमाडौं । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढेर खतराको तहमा पुगेको छ। पानीको तह १ लाख ७३ हजार ५ सय ९० क्युसेक पुगेपछि बिहीबार अपरान्हसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ। 
अहिले पनि पानी परिरहेको र नदीमा जलसतह बढ्दो क्रममा रहेको ब्यारेजका प्राविधिकहरुले जनाएका छन्। नदीमा खतरा बढेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
