काठमाण्डौ. । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्बजनिक बिदामा समेत उपत्यका नछाड्न निर्देशन दिएको छ ।
हालको मौषमलाई मध्यनजर गरी प्रधान कार्यालयमा स्टाण्डबाई डिउटी बाहेकका कर्मचारिलाइ समेत उपत्यका बाहिर नजान निर्देशन दिइएको हो ।
यसका साथै सार्बजनिक बिदाको दिनमा समेर बोलाएको बखत तुरुन्त हाजिर हुने गरी सम्पर्कमा रहन समेत प्रधान कार्यालयले आदेश दिएको छ । बिपद प्रतिकार्यका लागि प्रधान कार्यालयमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको छ ।
