रसुवा । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट शनिबार थप ११ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन्। सेनाको टोलीले सबै शव उद्धार गरी बाहिर निकालेको जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजीका क्रममा ती शव फेला परेका हुन्। सेनाका अनुसार आयोजनाको टनेलमा अझै खोजी तथा उद्धार कार्य जारी छ।
