काठमाडौं । नेकपा ९एमाले०को पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । गएको जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला तहका सुझाव लिएर प्रतिवेदन तयार पारिसकेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरे पनि बैठक बस्न सकेको थिएन ।
यद्यपी बैठकमा अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताइन् ।
