काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढी प्रभावित क्षेत्र नुवाकोट जाने हुनुभएको छ। बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि देउवा आज बिहान ९ बजे काठमाडौँबाट स्थलमार्ग हुँदै नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो।
देउवाले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै बाढीपीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
