काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन् । उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ ।
– पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।
– पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।
– रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।
सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।
