काठमाडौँ । रसुवाको भीषण बाढीका कारण ज्यान गुमाएका २७० जनाको शव देशका विभिन्न जिल्लाहरूबाट फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढीले बगाएका तथा विपद्का क्रममा मृत्यु भएका नागरिकहरूको शव नदी तटीय क्षेत्र तथा आसपासका जिल्लाहरूबाट बरामद गरिएको हो। जिल्लागत रूपमा फेला परेका शवको विवरण यसप्रकार छ–
चितवन– १०८ जना, नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) ६२ जना, धादिङ– २७ जना, गोरखा– २० जना, रसुवा– १७ जना, नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) १५ जना, नुवाकोट– १२ जना र तनहुँमा ९ जना छन् । बाढी र पहिरोका क्रममा घाइते भएका ६६ जनाको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचाररत मध्ये १४ जना स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन्।
यस्तै, उद्धार तथा राहत कार्यका क्रममा खटिएका २८ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बेपत्ता प्रहरी तथा अन्य नागरिकहरूको खोजी एवम् उद्धार कार्य तीव्र पारिएको छ।
