काठमाडौं। नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्। नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार रोहित पौडेलको स्थानमा लेग स्पिनर सन्दीपलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो।
योसँगै ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कपदेखि नेपाली टोलीको कप्तानी सन्दीपले गर्नेछन्। योसँगै क्यानले उक्त प्रतियोगितामा सहभागिता जनाउने टोलीको अन्तिम टोलीको टुंगो लागेको छ।
टोलीमा रोहित र सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, बसीर अहमद, शेर मल्ल, हेमन्त धामी, आसिफ शेख, देव खनाल, ईशान पाण्डे, ललितनारायण राजवंशी, सन्दीप जोरा, अर्जुन कुमाल, गुलशनकुमार झा र करण केसी छन्।
