कप्तानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिनुभएको जानकारी अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सनिबार पाँच जनालाई पक्राउ गरेको हो ।
डिजे काण्डदेखि गोलीकाण्डसम्ममा र त्यस पछिल्लो परिस्थितिमा विभिन्न तोडफोडमा संलग्न भएको हुनसक्ने आशंकामा नेपाल–भारत सीमा पार गर्ने क्रममा चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपि बसेका एक जनालाई पक्राउ गरि सोधपुछ र अनुशंधान प्रारम्भ गरेको जानकारी दिनु भएको छ ।
यस्तै, घटनामा संलग्न घटनाबारे थप अनुसन्धान तथा पक्राउ परेकाहरूको संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। थप विवरण आउन बाँकी छ।
