काठमाण्डौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै परिवार र आफन्तहरूलाई स्वकीय सचिव नराख्न भनेको छ। रास्वपाले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड भन्दै पठाएको निर्देशनमा नातावाद र परिवारवादको पूर्ण निषेध भनिएको छ।
‘नातावाद र परिवारवादको पूर्ण निषेध( स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ,’ रास्वपा महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको निर्देशनमा उल्लेख छ, ‘यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’
सरकारले हालै सांसदहरूका लागि स्वकीय सचिव सुविधा दिने निर्णय गरी राजपत्रमा प्रकाशनसमेत गरिसकेको छ।
