काठमाण्डौं । बर्ड फ्लु निर्मूल भएपछि आजदेखि चिडियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष(सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएपछि बन्द गरिएको थियो।
हाल बर्ड फ्लु निर्मूल रहेको भन्दै आजदेखि चिडियाखाना खुलेको छ। चिडियाखाना खुल्ने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हो।
