काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र ( बालेन ) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक गतिविधि तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान भएको छ। भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।
सचिवालयले भेटलाई नियमित राजनीतिक संवादको निरन्तरता भएको जनाएको छ। छलफलका विषयमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
