काठमाण्डौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन्।
उनले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे।
