काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्। आजदेखि चितवनमा सुरु हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनको अवसरमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
भट्टराईले जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको भनाइ राखे। संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भइरहेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुस्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ।
जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको छ। उपमहासचिव भट्टराईले लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दी लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि भएको बताए। साथै, संसद्को ठुलो दल अनि एकल सरकार सञ्चालनको नेतृत्व गरिरहेको दलबाट यी मूल्य(मान्यताबारे उच्च सम्मान र प्रतिबद्धताको अपेक्षा गरिएको उनको भनाई छ।
