काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपाल पनि भारतको जमिन मिचेको’ भनेर दिएको अभिव्यक्तिको विपक्षी दलले विरोध जनाएका छन्। यसका लागि प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने निश्कर्ष निकालेका छन्।
सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री शाहको भनाइमाथि छलफल गरेको थियो। झण्डै एक घण्टा बसेको बैठकमा प्रधानमन्त्री शाहको भनाइ गलत रहेको निर्क्योल गरेको छ।
यसका लागि प्रधानमन्त्री शाले संसद्मै आएर माफी माग्नुपर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। ‘प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्छ,’ बैठकपछि दुलालले भने, ‘प्रधानमन्त्रीको भनाइ गलत छ, फिर्ता लिनुपर्छ।’
