काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री कार्यव्यस्तताका कारण तत्काल भारत भ्रमणमा नगएको प्रतिक्रया दिएका छन्। मन्त्रिपरिषद् बैठक निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री काममै व्यस्त रहेकै कारण भारत मात्र नभई अन्य देश पनि नगएको दाबी गरे।
प्रवक्ता पोखरेलले प्रधानमन्त्री १०० कार्यसूची पूरा गर्न व्यस्त रहेका कारण बाहिर निस्कन नपाएको तर्क गरे। उनले उनले पार्टी सभापति रवि लामिछाने आफ्नै ढंगले भारत जान लागेको प्रष्टीकरण दिए।
‘प्रधानमन्त्रीज्यू भारत मात्र नजानुभएको होइन, कुनै देश पनि गइरहनुभएको छैन। पहिले १०० दिनको कार्यव्यस्तता एकदम धेरै छ। हामी सबै त्यसमा व्यस्त छौँ’, उनले भने, ‘सभापति आफ्नै ढंगले जान भारत लाग्नुभएको हो। प्रधाानमन्त्रीसँग कुनै सम्बन्ध छैन।’
