जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारमा जसपा नेपाल र जनमत पार्टी बाहिरिएका हुन् । नयाँ समीकरणअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको मन्त्रिपरिषद् गठन गरिएको हो ।
सार्वजनिक गरिएको कार्यविभाजनअनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।
नेकपाकै फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्री नियुक्त भएका छन् भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीरलाई विनाविभागीय मन्त्री बनाइएको छ ।एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् । सरकारले विश्वासको मत लिँदैछ ।
