काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।
सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए ।
उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।
