काठमाण्डौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग(२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् ।
मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए। सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए ।
