काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह असक्षम र अयोग्य भएको हो ? भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले यो सरकारको प्रधानमन्त्री छ कि छैन ? भनेर बोल्न सुरु गरेका थिए ।
‘छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? ’, साम्पाङले प्रश्न थप्दै भने, ‘सांसदको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनु हो । यो भनेको असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ? ’
उनले जनता सरकारबाटै असुरक्षित महसुस गरिरहेको भन्दै यही हो लोकतन्त्र भन्दै सीमा क्षेत्रमा भइरहेका गतिविधिप्रति सरकार मूकदर्शक बनेको भन्दै जनतालाई जवाफ दिनुपर्ने बताए । उनले मन्दिर, गिर्जाघर र गुम्बा भत्काएको भन्दै व्यवसायीमा आतङ्क फैलिएको बताए ।
