काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक डाकेका हुन् ।
बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने बताइएको छ ।
